वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरीले कञ्चनपुर र पर्सा जिल्लाबाट भंसार छलेर भारतबाट ल्याइएका लाखाैंका सामान बरामद गरेकाे छ । बरामद गरिएका ६१ लाख रूपैयाँ मूल्य बराबरका सामान सशस्त्र प्रहरीले स्थानीय भंसार कार्यालयमा बुझाएकाे छ ।
कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका ३ जमुनाघारीस्थित सीमा क्षेत्रबाट आइतबार सशस्त्र प्रहरीले करीब १ लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लाष्टिकको कुर्सी बरामद गरेको हाे ।
सशस्त्र प्रहरी बलको देवीस्थान बाेर्डर आउट पाेष्ट (बिओपी)ले बरामद भएको सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।
त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १४ गण्डक चोकबाट शुक्रबार राति सशस्त्र प्रहरीले करीब ५९ लाख ३४ हजार ७ सय ५८ रुपैयाँ बराबरको प्रज्ञापन पत्र विनाको विभिन्न सामान बरामद गरेको छ ।
बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ७८२० नम्बरको ट्रकमा सशस्त्र प्रहरी बलको १३ नम्बर गणले जाँच गर्दा भन्सार छलीको स्टेशनरी सामान, ब्याट्री, औषधी, प्लाईउड, एसिड फेला परेपछि उक्त सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो ।
बरामद सामान र ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij