Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

औषधि अभाव हुँदा बिरामी समस्यामा

औषधि अभाव हुँदा बिरामी समस्यामा

  • 391
    SHARES
  • औषधि अभाव हुँदा बिरामी समस्यामा

    जाजरकोट । निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् ।

    दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा औषधि अभाव हुँदा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता भएको हो । दुई हप्ताअघिदेखि औषधि सकिएको भए पनि अस्पताल व्यवस्थापनले ध्यान नदिँदा आफूहरू मारमा परेको स्वास्थ्यकर्मीले बताए ।

    दैनिक निःशुल्क र बीमा गरेबापत पाइने औषधि खोज्दै बिरामी आए पनि नहुँदा खाली पठाउनु परेको फार्मेसी शाखाले जनाएको छ । मौसमी फ्लुदेखि अन्य रोगका बिरामीका कारण केही दिनदेखि अस्पताल भरिभराउ रहदै आएको छ ।

    औषधि लिनका लागि बिरामीका आफन्त फार्मेसीमा आए पनि औषधि नहुँदा छैन भन्ने जवाफ दिनुपर्दा र उनीहरूको गाली सुन्नु पर्दा आफूहरू हैरान भएको स्वास्थ्यकर्मीले बताए ।

    स्वास्थ्य बीमा गरेको कागज देखाउँदा पनि औषधि नपाएर बाहिर गई औषधि खरिद गर्नुपरेको भेरी नगरपालिका-२ की रमिता कार्कीले बताइन् । औषधि अभाव भए समयमै खरिद गर्नुपर्नेमा अहिलेसम्म के हेरेर बसेको होला उनले प्रश्न गरिन् ।

    उक्त अस्पताल ५० शश्याको छ । यता स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले आजै औषधि जाजरकोट पठाउन लागिएको जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij