Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नहरमा डुबेर बालकको मृत्यु

नहरमा डुबेर बालकको मृत्यु

  • 376
    SHARES
  • नहरमा डुबेर बालकको मृत्यु

    काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिका-२ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सप्तकोशी नगरपालिका-१ का कार्यलय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरा सन्दिप राम रहेका छन् ।

    उनको आइतबार बिहान नहरमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    बालकको शव डुबेको ४ घण्टापछि दिउँसो १२ बजे घरदेखि डेढ किलोमिटर दक्षिण नहरमा फेला परेको प्रहरीले जनाएको छ ।

    मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij