Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

विभिन्न स्थानमा सातजना मृत फेला

विभिन्न स्थानमा सातजना मृत फेला

  • 323
    SHARES
  • विभिन्न स्थानमा सातजना मृत फेला

    काठमाडौं । कास्की, पर्वत, म्याग्दी, मकवानपुर, नवलपरासी (पश्चिम), भक्तपुर र चितवनमा गरि सातजना मृत फेला परेका छन् ।

    सिन्धुली जिल्ला कमलामाई नगरपालिका-५ का २८ वर्षीय राज कुमार सुनार मृत फेला परेका छन् । उनी पोखरा महानगरपालिका-१४ कदम मार्गस्थित आफ्नै डेरामा मृत अवस्थामा फेला परेका हुन् ।

    पर्वतको पैयुँ गाउँपालिका-७ भोर्ले बस्ने ९२ वर्षीया नन्दीदेवी भट्टराई सोही ठाउँस्थित सेती खोलाको किनारमा आइतबार मृत फेला परेकी छिन् ।

    घरबाट कसैलाई जानकारी नगराई हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

    म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोला लेवाङस्थित बाटोमा गोरखा अजिरकोट गाउँपालिका-४ घर भई हाल टुण्डी हाईड्रोपावरमा काम गर्ने ४५ वर्षीय होमनाथ दवाडी आइतबार मृत फेला परेका छन् ।

    मकवानपुरको थाहा नगरपालिका-३ स्थित सृजनाबस्तीको खोल्सामा सोही ठाउँ बस्ने ७० वर्षीया उजेली सुनार आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

    यसैगरी नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका-३ घोडपाली बस्ने बर्कत मियाँको ७ वर्षीय छोरा फिरोज मियाँ आफ्नै घर नजिकको पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    भक्तपुरको मध्यपुर ठिमी नगरपालिका सल्लाघारी ९९ रोपनीस्थित होमपाईपमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत फेला परेका छन् ।

    चितवनको माडी नगरपालिका-३ सिमरागाउँ बस्ने ७५ वर्षीय झगरु महतो सोही नगरपालिका-६ हरिनगरस्थित रिउ खोलाको काँस घारीमा आइतबार मृत फेला परेका छन् ।  

  • सम्बन्धित विषय:

  • # मृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij