वेबटिभी खबर
काठमाडाैं । शिक्षक सेवा आयोगले असोज–कात्तिकमा खुला शिक्षक छनोटको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका २०७९/८० सार्वजनिक गरेको छ ।
आयोगले २०७९/८० का लागि नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गर्दै खुलातर्फ माविको असोज–कात्तिक, निमावि र प्राविको खुलाको विज्ञापन कात्तिक–मंसिरमा गर्ने तालिकामा उल्लेख छ ।
कार्यतालिकामा प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहको द्वितीय र प्रथम श्रेणीमा बढुवा असोज मसान्त सम्ममा हुने, माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तृतीय खुलाको विज्ञापन असोज–मंसिरसम्ममा गरिसक्ने उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij