Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

  • 379
    SHARES
  • सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा गएराती सवारी साधनको ठक्करबाट एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरूष रहेका छन् ।

    कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आज बिहान पौने ५ बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

    गएराती १२ बजे नम्बर खुल्न नखुलेकाे सवारी साधनले उनलाई ठक्कर दिएको र दुर्घटना पश्चात सवारी साधनसहित फरार रहेकाले चालकको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij