Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

‘महापुरूष’बाट चलचित्रमा डेब्यु गर्दै अरुण क्षेत्री

‘महापुरूष’बाट चलचित्रमा डेब्यु गर्दै अरुण क्षेत्री

  • 474
    SHARES
  • ‘महापुरूष’बाट चलचित्रमा डेब्यु गर्दै अरुण क्षेत्री

    काठमाडौं । हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र  ‘महापुरूष’बाट अभिनेता अरुण क्षेत्रीले डेब्यु गरेका छन् ।

    नयाँ पोस्टर सार्वजनिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ ।सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउँदै गरेको देख्न सकिन्छ ।

    उनको पछाडि हरिवंश छन् । उनीहरू बाइकमा गुड्दै गर्दा स्पिड ब्रेकरमा बाइक पुगेपछिको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ ।

    उनले चलचित्र विज्ञानको भूमिका निर्वाह गरेका छन् । उनी चलचित्रमा हरिवंशका कान्छा छोरा हुन्छन् । उनी चलचित्रमा अडिसनमार्फत सेलेक्ट भएका हुन् ।

    अरुणले भने, ‘मैले चलचित्रमा काम गर्ने सोच बनाएपछि नै केही मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिए । त्यसमध्ये एक रवीन्द्र दाइ र प्रदीप दाइसहितको टिम थियो । उहाँहरूसँग जोडिन पाउँदा निकै उत्साहित छु ।’

    चलचित्रका निर्मातासँगै कलाकारसमेत रहेका रवीन्द्रसिंह बानियाँले क्यारेक्टर चाहिएको जानकारी दिएपछि कास्टिङ डिरेक्टरको रूपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणको बारेमा जानकारी दिएका थिए ।

    बनियाँले भने, ‘हामीले क्यारेक्टर चाहियो भनेपछि सुदामले उनको बारेमा जानकारी दिएपछि अडिसन भयो । उनले भूमिकालाई जीवन्त बनाएपछि हामीले सेलेक्ट गरेका हौँ ।’

    सामाजिक विषयवस्तुमा आधारित यस चलिचित्रमा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय रहेको छ ।

    चलचित्रमा प्रदीप भट्टराईको लेख्न र निर्देशनसमेत रहेको छ । सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थिति व्यंग्य गरिएको छ ।

    निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रैजात्रामार्फत आफूलाई निर्देशकमा स्थापित गरिसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij