Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सप्तरीमा प्रहरी र स्थानीयबीच झडप

सप्तरीमा प्रहरी र स्थानीयबीच झडप

  • 422
    SHARES
  • सप्तरीमा प्रहरी र स्थानीयबीच झडप

    काठमाडौं । सप्तरीको बलान विहुल गाउँपालिका-४ बेल्हीमा मंगलबार स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ ।

    उक्त झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फाइरसमेत गरेको थियो ।

    तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    उनका अनुसार कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको हो । घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो ।

    विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको उनले बताए । झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij