Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

फोहोरलाई ऊर्जामा परिवर्तन गर्न प्रविधि जडान गर्दै कर्णाली प्रदेश

फोहोरलाई ऊर्जामा परिवर्तन गर्न प्रविधि जडान गर्दै कर्णाली प्रदेश

  • 408
    SHARES
  • फोहोरलाई ऊर्जामा परिवर्तन गर्न प्रविधि जडान गर्दै कर्णाली प्रदेश

    काठमाडौं । फोहोरबाट विद्युत् निकाल्नका लागि कर्णाली प्रदेशकाे जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रविधि जडान गर्न लागेको छ ।

    जनसंख्याको चापसँगै बढ्दो शहरीकरणले दैनिक फोहोर बढीरहेको भन्दै मन्त्रालयले फोहोरबाट विद्युत् उत्पादन गर्नका लागि प्रविधि जडान गर्न लागेको हो ।

    आर्थिक वर्ष २०७९/८० मा बजेट बिनियोजन गरि फोहोरबाट ऊर्जा निकाल्नका लागि काम सुरु गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

    देशका अन्य ठाउँमा समेत यो प्रविधिबाट ऊर्जा निकाल्ने काम सुरु भएको भन्दै अत्यन्तै ऊर्जा कम उत्पादन भएको कर्णालीमा छिटोभन्दा छिटो सबैलाई उज्यालो पुर्याउनका लागि फोहोरबाट ऊर्जा निकाल्ने प्रविधि जडान गर्ने काम सुरु गरिएकाे मन्त्री सिंहको भनाइ छ ।

    आवश्यक बजेट बिनियोजन गरि मन्त्रालयले बजेट खर्चिन लागेको छ । पहिलो चरणको यो कार्य सफल भएमा फोहोरबाट विद्युत् निकाल्नका लागि अन्य ठाउँमा समेत विस्तार गर्ने मन्त्रालयकाे योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए ।

    अहिले सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको चौरजहारी, जुम्ला खलंगा, जाजरकोटको कुदु, दल्ली, कालीमटी, सल्यानका केही भागमा बसोबास बाक्लो रहेको छ ।

    जनसंख्य बाग्लो रहेको ठाउँमा फोहोरसमेत बढी उत्पादन हुने भएकाले सोही फोहोरबाट विद्युत् उत्पादनको काम   हुनसके फोहोर व्यवस्थापनका साथै ऊर्जा उत्पादनबाट लाभ लिन सकिने मन्त्रालयका सचिव देवराज निरौलाले जानकारी दिए ।

    कर्णालीमा यो पहिलो अभ्यासका रूपमा लिइएको छ ।  त्यस्तै पीपीपी मोडलमा सौर्य प्रविधि जडान कार्यसमेत गर्न लागिएको छ ।

    विद्युतको बढ्दो माग र १३२ केभी प्रशारण लाइन निर्माण कार्य पूरा नभएकाले विभिन्न वैकल्पिक रूपमा विद्युत् उत्पादन गरि जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाई तिव्रता दिइएको मन्त्रालयको भनाइ छ ।

    यसले वातावरण प्रदूषित हुनबाट जोगाउनसमेत सघाउन पुग्ने अपेक्षा लिइएको मन्त्री सिंहले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij