Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स 

महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स 

  • फाल्गुण १४, २०७७ शुक्रवार ०८:३६ बजे
  • 691
    SHARES
  • महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स 

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

    यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो । 

    फिलिप्स अहिले एन्फाको प्राविधिक निर्देशकका रुपमा कार्यरत छन् । गत वर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकूद (साग) पछि महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । 

    यस्तै एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एशियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण छिट्टै सुरु गर्ने जनाएको छ । 

    एन्फाले गत माघ ७ देखि फागुन ७ गतेसम्म पहिलो पटक महिला फुटबलको डबल राउण्ड रोविन लिग आयोजना गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गरिने एन्फाले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij