वेबटिभी खबर
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार आज ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ४७ रूपैयाँ ५० पैसा निर्धारण भएको छ ।
समितिले हाइब्रीड घिउ सिमी, तने बोडी, भट्मास र भेडे खुर्सानीको मूल्य ६५ रूपैयाँ रहेको तोकेको छ भने लोकल सानो गोलभेडाको औसत मूल्य २७ रूपैयाँ ५० पैसा र टनेल गोलभेडा ३४ पैयाँ ८० पैसा रहेको छ ।
त्यस्तै, रातो आलुको औसत मूल्य ६१ रूपैयाँ, भारतीय रातो आलु ३७ रूपैयाँ, मुडेको आलु ५४ रूपैयाँ, सेतो आलु ५१ रूपैयाँ, स्थानीय काउली ८६ रूपैयाँ ६७ पैसा, लोकल गाजर १२६ रूपैयाँ ६७ पैसा, सुकेको प्याज ३९ रूपैयाँ, मकै बोडी ८६ रूपैयाँ ६७ पैसा, तितो करेला ३४ रूपैयाँ, चिचिण्डो २३ रूपैयाँ ३३ पैसा, झिगुनी ४२ रूपैयाँ ५० पैसा, पाकेको फर्सी ४५ रूपैयाँ, भिण्डी ४१ रूपैयाँ, स्कुस २७ रूपैयाँ, रायोको साग ११२ रूपैयाँ, तोरीको साग ४५ रूपैयाँ, हरियो प्याज २१३ रूपैयाँ ३३ पैसा, कन्य च्याउ २३५ रूपैयाँ र डल्ले च्याउ ३२५ रूपैयाँ रहेको छ ।
यसैगरी, कुरीलोको औसत मूल्य प्रतिकेजी ५०० रूपैयाँ, न्यूरो ११५ रूपैयाँ, ब्रोकाउली २४० रूपैयाँ, जिरीको साग १६५ रूपैयाँ, सेलरी २७५ रूपैयाँ, कागती २२० रूपैयाँ, अनार २९० रूपैयाँ, निबुवा ५५ रूपैयाँ ६७ पैसा, किवी ५७५ रूपैयाँ, अदुवा ७५ रूपैयाँ, अम्बा १३० रूपैयाँ, लप्सी ५६ रूपैयाँ ६७ पैसा, फूजी स्याउ २७५ रूपैयाँ, गुन्द्रूक २७५ रूपैयाँ, तामा १२५ रूपैयाँ, हरियो लसुन १४५ रूपैयाँ, हरियो धनिया ४०० रूपैयाँ, सुकेको नेपाली लसुन १३६ रूपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७६ रूपैयाँ र माछा प्रतिकेजी २३५ रूपैयाँदेखि ३१५ रूपैयाँसम्म पर्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij