Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • 340
    SHARES
  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । पर्सा र डोटीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    पर्साको ठोरी गाउँपालिका-४ सिकारी बाँस पुल नजिक सडकमा प्रदेश २-०३-०११ प १४८४ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका-२ बस्ने ४५ वर्षीय जगदिप विष्ट रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    डोटीको बोग्टान फुड्सिल गाउँपालिका-७ फुल्लेढुङ्गास्थित सडकमा सु.प.प्र ०१००२ त ४७७६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही ठाउँ बस्ने रामबहादुर भुलको १७ वर्षीय छोरा जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

    दुर्घटनामा घाइते भएका एक जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij