Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : खोटाङमा खेलाडी छनोट सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : खोटाङमा खेलाडी छनोट सुरु

  • 574
    SHARES
  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : खोटाङमा खेलाडी छनोट सुरु

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका खेलाडी छनोट हुनेछन् ।

    दश स्थानीय तह रहेको जिल्लाबाट भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका चारजना खेलाडी छनोट भइसकेको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए ।

    तेक्वान्दोका २२ , टेबलटेनिसका ४ , फुटबलका ३२ र ब्याडमिन्टनका ७ खेलाडी बिहीबार र शुक्रबार सञ्चालन हुने छनोट प्रतियोगिताबाट छनोट हुने जनाइएको छ ।

    त्यस्तै भारोत्तलनका २, उसुका दश, बक्सिङका ३, पौडीका २, शारीरिक सुगठनका १ र सफ्ट टेनिसका २ खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागी जनाउने जनाइएको छ ।

    नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता पोखरामा आगामी असोज-२८ गतेदेखि कातिक-३ गतेसम्म सञ्चालन हुने छन् ।

    प्रतियोगिताका लागि खोटाङमा अहिले दिक्तेलस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा छनोट खेल सञ्चालन भइरहेको छ ।

    नवौं राष्ट्रिय प्रतियोगिताका लागि जिल्लास्तरीय छनोट तथा चौधौँ जिल्लास्तरीय कराँते प्रतियोगिता दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले शुभारम्भ गरेका छन् ।

    प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि नेपाल सितोरियो कराँते संघसँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको छ ।

    प्रदेशस्तरीय प्रतियोगिताका लागि खोटाङबाट सितोरियो कराँतेका २९ जना खेलाडी छनोट हुने आयोजकले जनाएको छ ।

    जिल्लास्तरीय छनोट प्रतियोगिताबाट छानिएका खेलाडीले आगामी भदौ-१६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

    सितोरियो कराँतेको प्रदेशस्तरीय प्रतियोगिता जिल्लामै हुने जनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij