Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एक हजार शय्याको होल्डिङ सेन्टर सेनालाई हस्तान्त्रण

एक हजार शय्याको होल्डिङ सेन्टर सेनालाई हस्तान्त्रण

  • 389
    SHARES
  • एक हजार शय्याको होल्डिङ सेन्टर सेनालाई हस्तान्त्रण

    बाँके । नेपालगञ्ज उपमहानगरपालिका-१४ भवानीयापुरमा निर्माण गरिएको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्त्रण गरेको छ ।

    ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्त्रण गरेको हो ।

    २०७८ साउनमा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो । होल्डिङ सेन्टर एक हजार शैय्या (बेड)को रहेको छ । होल्डिङ सेन्टरको निर्माण नेपाली सेनामार्फत नै ठेकेदारलाई दिइएको थियो ।

    ठेकेदारले काम सम्पन्न गरेर सेनालाई हस्तान्त्रण गरेको हो । सेनाले उक्त संरचना सरकारलाई हस्तान्त्रण गर्ने तयारी गरेको छ । सहायक रथि विष्टले संरचना तयार भइसकेकाले अब स्थानीय निकाय वा प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्त्रण गरिने बताए ।

    सीमावर्ती जिल्ला र सुरुआती चरणको कोरोना महामारीका समयमा बाँके ‘हटस्पट’ बनेपछि बिरामी राख्ने ठाउँ नहुँदा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij