वेबटिभी खबर
काठमाडौं । राधी विद्युत कम्पनीको १४७ प्रतिशत हकप्रद शेयर दाबी गर्नका लागि शेयरधनी बन्ने १० भदौ अन्तिम दिन रहेको छ ।
कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरका लागि १२ भदौमा बुक क्लोज गर्दैछ । अर्थात ११ भदौसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सकिने भए पनि ११ भदौ शनिबार परेका शेयर कारोबार हुँदैन ।
यसर्थ आज १० भदौसम्म शेयर खरिद गर्नेले मात्र राधीको हकप्रद दाबी गर्न सक्नेछन् । यस कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९०० रूपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल राधीको चुक्ता पूँजी ६४ करोड ६४ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
हकप्रद बिक्रीपछि पूँजी करिब १ अर्ब ६० करोड रूपैयाँ पुग्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij