Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सामाजिक सुरक्षा भत्ता दिन वडाअध्यक्ष घरघरमा पुगे

सामाजिक सुरक्षा भत्ता दिन वडाअध्यक्ष घरघरमा पुगे

  • 319
    SHARES
  • सामाजिक सुरक्षा भत्ता दिन वडाअध्यक्ष घरघरमा पुगे

    काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वाडा नम्वर १ का नवनिर्वाचित वडाअध्यक्ष भिमबहादुर भण्डारी आफैं उपस्थित भएर सेवाग्राहीका घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् ।

    भत्ता वितरण गर्न मात्रै नभई मतदातालाई धन्यवाद दिन र  गाउँमै वडा सरकार आएको महसुस गराउनका लागी बुम्रमाडिचौरगाउमा रहेको मतदाताको घरअंगानमा  पुगेको बताए ।

    एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई  भत्ता बुझ्ने ठाउँसम्म पुग्न कठिनाइ हुने भएकाले भत्ता पाउने सेवाग्राहीको घरमै पुगेर  वितरण  गरेको उनले बताए ।

    उनले भने,  ‘गाउँमै भत्ता वितरण गर्ने कुरा त हाम्रो चुनावी प्रतिबद्धता नै थियो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij