Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

वीरगञ्ज नाकाको आर्थिक कारोबार घट्दै

वीरगञ्ज नाकाको आर्थिक कारोबार घट्दै

  • 384
    SHARES
  • वीरगञ्ज नाकाको आर्थिक कारोबार घट्दै

    वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा गत आर्थिक वर्ष २०७८/७९ मा सङ्कुचन देखिएको छ ।

    वीरगञ्जलाई प्रयोग गरी हुने माल वस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि यसको नाकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व संकलनमा परेको हो ।

    गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट कुल १६ हजार ४ सय ३७ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा ४ हजार ५ सय ८९ कम अर्थात् ११ हजार ८ सय ४८ वटा प्रज्ञापनपत्र मात्र कारोबारका लागि प्रयोग भएका छन् । यो समीक्षा अवधिको तुलनामा २७.९१ प्रतिशत कम हो ।

    वीरगञ्ज भन्सार नाकाबाट ग्रिन च्यानलमार्फत हुने कारोबारमा ३९ प्रतिशत, एलो च्यानलबाट हुने कारोबारमा २० प्रतिशत र रेड च्यानलमार्फत हुने कारोबार २७ प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ ।

    गत आवको साउन महिनामा ग्रिन च्यानलबाट चार हजार ६६, एलो च्यानलबाट चार हजार तीन सय ६० र रेड च्यानलबाट आठ हजार ११ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा ग्रिन च्यानलबाट एक हजार पाँच सय ८०, एलो च्यानलबाट तीन हजार पाँच सय १२ र रेड च्यानलबाट पाँच हजार आठ सय ५० प्रज्ञापनमार्फत कारोबार भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

    उनले वैदेशिक मुद्राको सञ्चितिलाई सन्तुलित गर्न नेपाल सरकारले १० वटा विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धकै कारण कारोबार कम भई राजस्व संकलनमा समेत असर परेको बताए ।

    असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपाङ्ग्रे सवारीसाधनलगायतका विलासीय वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि वीरगञ्ज नाकाको कारोबारमा कमी हुँदै गएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।

    उनले आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन तथा कारोबारमा केही गिरावट देखिए पनि आउने दिनमा राजस्व संकलनमा सुधार हुँदै जाने बताए । सरकारले राजपत्रमा प्रकाशित गरी लगाएको प्रतिबन्ध हटाइएकाले कारोबारमा बढोत्तरी हुदै जाने विश्वास गरिइएको छ ।

    कारोबारमा देखिएको सङ्कुचनकै कारण भन्सारले राजस्व संकलनको मासिक लक्ष्य हासिल गर्न सकेको छैन् ।

    २०७९ साउन महिनाका लागि भन्सार विभागले १५ अर्ब २० करोड सात लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालयले दुई अर्ब २१ करोड ८ लाख कम अर्थात् १२ अर्ब ९८ करोड ९९ लाख रूपैयाँ मात्र राजस्व हासिल गरेको अधिकृत गुप्ताले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij