Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गठबन्धन व्यवस्थित एवम् प्रभावकारी ढंगले अघि बढ्छ : मन्त्री कार्की

गठबन्धन व्यवस्थित एवम् प्रभावकारी ढंगले अघि बढ्छ : मन्त्री कार्की

  • 290
    SHARES
  • गठबन्धन व्यवस्थित एवम् प्रभावकारी ढंगले अघि बढ्छ : मन्त्री कार्की

    विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवम् प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन् ।

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढंगले उम्मेदवारको सीट बाँडफाँट गर्ने जानकारी दिएका हुन्।

    मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए । नागरिकता विधेयक राष्ट्रपतिबाट केही सन्देशसहित फिर्ता आएको र सो विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभाबाट पनि पारित हुने उनले विश्वास व्यक्त गरे ।

    उनले नागरिकता विधेयकसम्बन्धमा राष्ट्रपतिबाट भएको छलफल एवम् भेटघाट सामान्य कुरा भएको र राष्ट्रपतिलाई कुनै पनि विषयमा छलफल र परामर्श लिने सुविधा भएको उल्लेख गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij