Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कर्णाली र म्याग्दीमा पहिरोका कारण सडक अवरूद्ध

कर्णाली र म्याग्दीमा पहिरोका कारण सडक अवरूद्ध

  • 312
    SHARES
  • कर्णाली र म्याग्दीमा पहिरोका कारण सडक अवरूद्ध

    काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका-५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् ।

    पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आज बिहान सवा ८ बजदेखि  प्रभावित भएका हुन् । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

    म्याग्दीको रघुगंगा नगरपालिका-२ बैशरीमा पहिरो खसेका कारण बेनी जोमसोम सडक खण्ड अबरूद्ध भएको छ । आज बिहान पौने १२ बजेदेखि पहिरो खसेर सडक अबरूद्ध भएको हो ।

    पहिरो खसिरहेका कारण तत्काल हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij