Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अभिनेत्री रेखा थापा मोरङबाट प्रतिनिधिसभा चुनाव लड्ने

अभिनेत्री रेखा थापा मोरङबाट प्रतिनिधिसभा चुनाव लड्ने

  • 504
    SHARES
  • अभिनेत्री रेखा थापा मोरङबाट प्रतिनिधिसभा चुनाव लड्ने

    काठमाडौं । अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिने भएकी छिन् ।

    राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ-३ बाट उम्मेदवारी दिने भएकी छिन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् ।

    उनले भने, ‘मोरङ-३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ ।’

    गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी थापा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।

    अब आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हुन् ।

    २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेकपा एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij