वेबटिभी खबर
काठमाडौं । नेपालले अन्तिम तथा निर्णायक मानिएको टी-२० मा घरेलु टोली केन्यालाई १ सय ७६ रनको उच्च लक्ष्य दिएको छ ।
नैरोबीस्थित जिमखानामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटगुमाएर केन्यालाई १७६ रनको लक्ष्य दिएको हो ।
नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरेका थिए ।
त्यस्तै नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए । मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए ।
यसैगरी दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए ।
केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २(२ विकेट लिए ।
यसअघि भएका चार टी-२० मा दुबै टिमले २-२ खेलमा जित निकाल्दै बराबरीको अवस्थामा रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij