Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

संसद्को सम्मानका लागि मात्र आएको हुँ : चोलेन्द्र

संसद्को सम्मानका लागि मात्र आएको हुँ : चोलेन्द्र

  • 508
    SHARES
  • संसद्को सम्मानका लागि मात्र आएको हुँ : चोलेन्द्र

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले  संसदको सम्मानका लागि मात्र बयान दिन आएको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले लिएको बयानमा चोलेन्द्रले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसकेको जनाउँदै संसदको सम्मानको लागि मात्र उपस्थित भएको बताएका हुन् ।

    महाअभियोग जस्ताे गम्भीर विषयमा पनि संसद्ले संविधान र संसद् नियमावलीकाे पालना नगरेको जबराको भनाइ छ ।

    उनले बयान दिने क्रममा वर्तमान कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूलाई महाअभियोग लगाएको बताएका छन् । 

    प्रधानन्यायाधीशलाई विवादित बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij