वेबटिभी खबर
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिसमक्ष आज पनि बयान दिन सुरु गरेका छन् ।
बुधबार पहिलो दिन विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले जबरालाई बिहीबार ११ बजे पुनः बोलाइएको थियो ।
आजको जवाफमा आफूमाथि लागेका आरोपबारे राणाले बैठकमा खण्डन गर्नेछन् । राणाले बुधबारको बैठकमा भने आफूमाथि महाभियोग लाग्नुपर्नाका कारणलगायत प्रश्न पनि सोधेका थिए ।
प्रतिनिधिसभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो ।
सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij