Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पानी सफा गर्ने विषादीले दुर्गन्ध फैलियो

पानी सफा गर्ने विषादीले दुर्गन्ध फैलियो

  • 315
    SHARES
  • पानी सफा गर्ने विषादीले दुर्गन्ध फैलियो

    सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका-६ स्थित नाढीमन ताल वरपर पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ । यसले स्थानीयवासीको स्वास्थ्यलाई समस्या समेत परेको जनाइएको छ ।

    पानी फोहर भएको जनाउँदै माछा ठेकेदार दुलार मुखियालले करिब १० दिनअघि त्यस क्षेत्रमा विषादी छर्केका थिए । यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानीय कपिल कापरले गुनासो गरे ।

    दुर्गन्धका कारण स्थानीयमा वान्ता भइरहने र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखापरेको उनको भनाइ छ । सो गाउँपालिकाले नाढीमन तालमा माछापालनका लागि ठेकेदारलाई ६ करोड २९ लाखमा पाँच वर्षका लागि ठेक्का दिएको छ ।

    उक्त ठेक्काको अवधि आगामी वैशाख दोस्रो साता सकिने जनाइएको छ । पानी फोहर भएपछि सफा गर्नका लागि विषादी हालेको ठेकेदार मुखियाले बताए । जनकपुरलगायतका स्थानमा पनि यसरी पानी सफा गर्न विषादी हाल्ने गरिएकाले विषादी प्रयोग गरिएको उनको भनाइ छ ।

    गाउँपालिकाले तालमा डुंगा चलाउँदा माछा मर्ने गरेको, छेउछाउमा मदिरा खाएर बोतल जथाभावी फाल्दा माछा मार्ने गरेको बाढी आएर माछा बगाउने गरेको र कहिलेकाहीँ माछा नै चोरी हुने गरेको उनको गुनासो छ ।

    दिनप्रतिदिन विषादीको गन्ध विस्तारै कम हुँदै गएको उनले बताए । बाउन्न बिघा क्षेत्रफलमा फैलिएको नाढीमन ताल दिनप्रतिदिन अतिक्रमणको चपेटामा परेको छ भने प्राकृतिक ताल दिनप्रतिदिन मानवीय हस्तक्षेपको चपेटामा परिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij