Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कांग्रेस संसदीय दलको बैठकः प्रधानमन्त्रीको राजीनामा माग, राष्ट्रपतिको भूमिकामाथि कडा आलोचना 

कांग्रेस संसदीय दलको बैठकः प्रधानमन्त्रीको राजीनामा माग, राष्ट्रपतिको भूमिकामाथि कडा आलोचना 

  • 1.3K
    SHARES
  • कांग्रेस संसदीय दलको बैठकः प्रधानमन्त्रीको राजीनामा माग, राष्ट्रपतिको भूमिकामाथि कडा आलोचना 

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बसेको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने निर्णय गरेको हो ।

    सांसद् डा.डिला संग्रौलाकाअनुसार बैठकले विश्वासको विपक्षमा उभिने निर्णय गर्दै अन्य दललाई पनि विश्वासको विपक्षमा उभिन आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते विश्वासको मत लिदैछन् ।  

    बैठकपछि वेबटिभी खबरसँग डा.संग्रौलाले भनिन्, ‘प्रधानमन्त्रीको राजीनामा र वैकल्पिक सरकार निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।’ 

    दलको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि कडा आलोचना हुनुका साथै संवैधानिक परिषद् बैठक वहिष्कार गर्ने निर्णय पनि भएको  डा.संग्रौलाले जानकारी दिइन् ।  

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij