Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ठगी गरेको अभियोगमा एकजना पक्राउ

ठगी गरेको अभियोगमा एकजना पक्राउ

  • 357
    SHARES
  • ठगी गरेको अभियोगमा एकजना पक्राउ

    काठमाडौं । अफगानिस्तान पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-२१ गितानगर घर भई  काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालीका सञ्चालक ३९ वर्षीय रविन्द्र अधिकारी छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

    मासिक एक लाख रूपैयाँभन्दा बढी तलब हुने गरि अफगानिस्तानमा सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ८ लाख रूपैयाँ लिई उनी सम्पर्क विहीन भएका थिए ।

    पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ बसुन्धराबाट उनलाई पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij