वेबटिभी खबर
काठमाडौं । धनगढी उपमहानगरपालिका–१५ उर्मा बस्ने ५५ वर्षीय ज्ञानी रानालाई विभिन्न हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
भरूवा बन्दुक एक थान, गन्दक ८०० ग्राम, बारूद १०० ग्राम र छर्रा १२ पिससहित शुक्रबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त हातहतियारहरू फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij