Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

खोटाङका सबै ग्रामीण सडक अवरूद्व

खोटाङका सबै ग्रामीण सडक अवरूद्व

  • 398
    SHARES
  • खोटाङका सबै ग्रामीण सडक अवरूद्व

    खोटाङ । केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरूद्व बनेका छन् ।

    कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरूद्व भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवम् राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य छन् ।

    हिउँदमा जिल्लाका १० वटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल-काठमाडौँ, दिक्तेल-इटहरी-विराटनगर र दिक्तेल-भोजपुर सडक मात्र सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए ।

    ‘कच्ची सडक भारी वर्षाका कारण अवरूद्व छन्’, उनले भने, ‘बाह्रैमास सञ्चालनमा ल्याउन कोलोपत्र गर्न जरूरी छ ।’ दिक्तेल-बाक्सिला, दिक्तेल-ऐसेलुखर्क, दिक्तेल-पाथेका, दिक्तेल-खार्मी, दिक्तेल-मात्तिम-पञ्चमी तथा दिक्तेल-रेग्मीटार-रसुवा सडक पूर्णरूपमा अवरूद्ध छ ।

    अवरूद्व ग्रामीण सडक पुनः मर्मत गरेर सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यान नगएको यातायात व्यवसायीको गुनासो छ । गत वर्षको तुलनामा यस वर्ष छिटो वर्षात् सुरु भएको र लगातारको वर्षात्का कारण जिल्लाका सबै ग्रामीण सडक अवरूद्व भएको महासचिव हिङ्माङले बताए ।

    गत चैतदेखि अवरूद्व जिल्लाका सबै ग्रामीण सडक यसअघि मर्मत गरेर सञ्चालनमा ल्याइएका थिए । अवरूद्व ग्रामीण सडक दशैँअघि सञ्चालन हुने अवस्था छैन् ।

    सगरमाथा राजमार्गअन्तर्गत तराईका जिल्ला जोड्ने दिक्तेल-गाईघाट सडकखण्डसमेत अवरूद्व छ । यसबाट आवतजावत र दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ ।

    कालोपत्र गरिएको दिक्तेल-गाईघाट सडकसमेत लगातारको वर्षाका कारण अवरूद्व हुँदै आएको छ । लगातारको वर्षाले सडक खुलाउने प्रयास सम्भव नभएको जन्तेढुंगा गाउँपालिका प्रमुख अरुणादेवी राईले बताइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij