Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

वालिङ-जगत सडकखण्ड अवरूद्ध

वालिङ-जगत सडकखण्ड अवरूद्ध

  • 344
    SHARES
  • वालिङ-जगत सडकखण्ड अवरूद्ध

    स्याङ्जा । स्याङ्जाको वालिङ-जगत सडकखण्ड आज विहानदेखि अवरूद्ध भएको छ ।

    वालिङ नगरपालिका-६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ-५ लसुनेमा पहिरो खसेको थियो ।

    सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरूद्ध भएको वालिङ-५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिए । अविरल वर्षासँगै ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई/तीन पालिकाको केन्द्र जोड्ने सडक अवरूद्ध भएसँगै सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन् ।

    सडक खुलाउनका लागि वालिङ नगरपालिकाबाट डोजर आउँदै गरेको उनले बताए । प्रहरी तथा जनप्रतिनिधि पहिरो खसेको स्थानमै पुगेर बाटो खुलाउनका लागि पहल तथा सवारीसाधनको व्यवस्थापन मिलाउने काम गरेका छन् ।

    सवारीसाधनको चाप बढी हुने यस सडकमा तत्कालका लागि एकतर्फी भए पनि बाटो सञ्चालन गर्नतर्फ लागिएको उनले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij