वेबटिभी खबर
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
आगामी असोज ३० र ३१ गते विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्नेगरी बोर्डले तालिका सार्वजनिक गरेको हो ।
गत जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७८ भएका) परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा अवर्गीकृत (नन् ग्रेड) वा अनुपस्थित विद्याथीलाई लक्षित गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी रु.६०० रकम बुझाई सक्नुपने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij