Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अमेरिकी हवाई कारबाहीमा १७ लडाकू मारिए

अमेरिकी हवाई कारबाहीमा १७ लडाकू मारिए

  • फाल्गुण १४, २०७७ शुक्रवार १२:५३ बजे
  • 707
    SHARES
  • अमेरिकी हवाई कारबाहीमा १७ लडाकू मारिए

    बेरुत । सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ । 

    अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू मारिएका पुष्टि गरेका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छ्रैन ।

    सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो गृहयुद्ध इस्लामिक स्टेट्स (आइएस) र अल कायदा जस्ता आतंककारी समूहहरु हाबी हुदै गएका थिए । यीनै आतंककारी समूहहरुलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थिए ।

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # हवाई

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij