वेबटिभी खबर
विराटनगर । माओवादी केन्द्रले मोरङको क्षेत्र नम्बर ४ बाट अमनलाल मोदीलाई प्रतिनिधिसभाको उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस गरेको छ ।
उनलाई आइतबार बसेको क्षेत्रिय समितिको बैठकले आगमी मंसिर ४ गते हुने चुनावमा पार्टीका तर्फबाट सर्वसम्मत रुपमा एकल उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।
सोही बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ भोगेन्द्र यादव, धर्मलाल माझी, सुनिता सरदार, डोल्मा राजबंशी र सोभित चौधरीको नाम सिफारिस गरेको छ ।
यसैगरि सोही क्षेत्रको प्रदेश सभाको क मा प्रत्यक्षतर्फ विजय विश्वास थारु, पप्पुलाल चौधरी र मनोज राईको नाम सिफारिस गरेको छ । सोही प्रदेशको समामानुपातिकतर्फ केवल राई, सुर्य नारायण मुडियारी, ध्यानबहादुर वन, उमालाल मण्डल खवास, कुसन सरदार र झलक भगत सिफारिस भएका छन ।
यस्तै मोरङ ४ ख बाट प्रदेशसभामा प्रत्यक्षतर्फ हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, किशोरकुमार पाण्डे र देव राजवंशी सिफारिस भएका छन । समानुपातिकतर्फ यो क्षेत्रबाट सावित्रा अछामी, अन्जना पोखरेल, सावित्रा गौतम, मनकुमारी गिरी गुरागाईं, विन्दी मिश्र, ज्ञानबहादुर कार्की, आमोद पौडेले, अशोक शर्मा, तुलसी आपागाईं, पन्चु चौधरी, सरस्वती ओझा र ईन्द्रकला भट्टराई सिफारिस भएको पार्टी क्षेत्रीय कमिर्टीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij