Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कस्तो रहला आजको मौसम ? 

कस्तो रहला आजको मौसम ? 

  • 597
    SHARES
  • कस्तो रहला आजको मौसम ? 

    काठमाडौं । आज देशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी न्यून चापीय प्रणाली, पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावले आज दिउँसो मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आह्वान गरिएको छ ।

    सोमबार र मंगलबार पनि ठाउँ-ठाउँमा हल्का वर्षाको पूर्वानमान गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij