Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

  • 1.1K
    SHARES
  • ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

    काठमाडौं । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ ।

    यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय संघ संस्थाका प्रतिनिधिसँग अन्तरक्रियात्मक कार्यक्रमपछि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएको कामपा जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।

    डेंगु नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिज जस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सुझाव दिइएको छ ।

    कामपाले आजदेखि प्रयोगशाला भएका वडामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण सुरु गर्ने जनाएको छ । यसरी परीक्षण सुरु हुने स्थानमा वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् ।

    उक्त अभियान अहिले कामपाको ३२ वडाबाट सञ्चालन भइरहेको छ । महानगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थान खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो ।

    डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको छ । सामान्य जानकारी नहुँदा डेंगु फैलिरहेकाले यसलाई नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको प्रमुख त्रिपाठीको भनाइ छ ।

    विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा यसले फूल पार्छ । शहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको छ ।

    पछिल्लो समय काठमाडौं उपत्यकासँगै पोखरा जस्ता जनघनत्व बढी भएको शहरमा डेंगुका बिरामी बढिरहेका छन् । विशेषगरी साँझ-बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलिने गर्छ ।

    नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुका बिरामी फेला परेका थिए । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन् ।

    जटिल प्रकृतिको डेंगुको संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र  खुट्टा सुनिने लक्षण देखा पर्छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij