Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

करेन्ट लागेर ४ जनाको मृत्यु

करेन्ट लागेर ४ जनाको मृत्यु

  • 397
    SHARES
  • करेन्ट लागेर ४ जनाको मृत्यु

    काठमाडौं । कपिलवस्तु, कैलाली, सप्तरी र सर्लाहीमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ ।

    कपिलवस्तुको कृष्णनगर नगरपालिका-९ माडा बस्ने अदबुल कैयुम मुसलमानकी १३ महिनाकी छोरी फराहनाज खातुनको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो ।

    घरभित्र खेल्ने क्रममा पंखाबाट करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कैलालीको गोदावरी नगरपालिका-२ बनखेत बस्ने ६५ वर्षीया किजी देवीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।

    आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सप्तरीको रौतहट इशनाथ नगरपालिका-९ लक्ष्मीनिया घर भई हाल सप्तरी बोदेबर्साईन नगरपालिका-५ बस्ने ३५ वर्षीय सिकिन्दर महतोको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।

    आफ्नै पसलमा विद्युतकाे तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    सर्लाहीको मलंगवा नगरपालिका-१२ कर्मैया बजार टोल बस्ने ३२ वर्षीय प्रकाश वाईबाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।

    आफ्नै घर अगाडिको विद्युतको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बागमती मोडल अस्पताल कर्मैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij