Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माग पूरा गराउन भेटघाट र छलफल तीव्र बनाउँदै विद्यालय कर्मचारी परिषद्

माग पूरा गराउन भेटघाट र छलफल तीव्र बनाउँदै विद्यालय कर्मचारी परिषद्

  • 4.9K
    SHARES
  • माग पूरा गराउन भेटघाट र छलफल तीव्र बनाउँदै विद्यालय कर्मचारी परिषद्

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले माग पूरा गराउन भेटघाट र छलफल तीव्र बनाएको छ । परिषद्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारी तथा विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेको छ ।

    मन्त्रालयका अधिकारी र नेताहरूलाई प्रत्यक्ष भेटेर मागबारे जानकारी गराउँदा प्रभावकारी हुने भन्दै परिषद्ले सो कार्य सुरु गरेको हो । विद्यालय कर्मचारीका मागबारे सरकारले वार्ता समिति बनाएर छलफल गरिरहेको छ । विद्यालय कर्मचारी पदाधिकारीहरूका अनुसार वार्ता सकारात्मक बनेको छ । ठोस निर्णय आउन केही दिन लाग्ने परिषद्को भनाइ छ । 

    राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले आफूहरूका माग पूरा गराउन लविङ गरिरहेको जनाए । बुधबार योगीले वेबटिभी खबरसँग भने, ‘हामी हाम्रो माग पूरा गराउन निरन्तर लागि रहेका छौं । अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छौं । अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयबीच हाम्रो मागका विषयमा छलफल भइरहेको छ । साथै हामी विभिन्न दलका शीर्षस्त नेताहरूसमक्ष पुगेर मागको जानकारी गराएका छौं । पूरा गर्न समन्वय गरिदिन आग्रह गरेका छौं । बिहानदेखि बेलुकीसम्म हामी काममा खटिरहेका छौं । कसरी माग पूरा गराउन सकिन्छ हाम्रो ध्यान त्यतातिर मात्रै छ ।’

    महासचिव योगीले विद्यालय कर्मचारीका मागप्रति विभिन्न दलका शीर्ष नेताहरू सकारात्मक रहेको र सक्दो सहयोग गर्ने वचन दिएकाे बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij