Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विद्यार्थी लक्षित चेकिङमा १ हजार २४१ जना चालकमाथि कारबाही

विद्यार्थी लक्षित चेकिङमा १ हजार २४१ जना चालकमाथि कारबाही

  • 429
    SHARES
  • विद्यार्थी लक्षित चेकिङमा १ हजार २४१ जना चालकमाथि कारबाही

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १ हजार २४१ जना विद्यार्थी कारबाहीमा परेका छन् ।

    काठमाडौं उपत्यकामा गत साउन ३० गतेबाट सुरु भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारबाही गरिएको हो ।

    स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज बिहान मात्र ३९ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

    काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १७ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १० जना, तिव्र गतिमा  जिगज्याग चलाउने ८ जना, नम्बर प्लेट दुरूस्त नभएका २ जना र तीनजना सवार २ जना गरि ३९ जना विद्यार्थी चालकलाई कारवाही गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij