Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

  • 337
    SHARES
  • प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

    काठमाडौं । ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेत छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

    मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा ८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले घुस दिएको प्रहरीले जनाएको छ ।

    मादक पदार्थ सेवन गरि सवारी साधन चलाएका उनले प्रहरीलाई नगद ३ हजार ५० रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij