Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सीङको सम्झौता 

नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सीङको सम्झौता 

  • 470
    SHARES
  • नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सीङको सम्झौता 

    काठमाडौं । नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सीङ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्ध निर्देशक अमलान मुखर्जीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

    सम्झौता समारोहमा नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एस.एम.ई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल) र युनिलिभरका मुख्य वितरकहरुको उपस्थिति रहेको थियो । युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सीङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

    Nabil_unilever_2.jpg

    यस अन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल फाइनान्सीङको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशंैभरि फैलिएका शाखा सञ्जालहरुबाट कर्जा उपभोग गर्न पाउने छन् । च्यानल फाइनान्सीङको प्रमुख आर्कषणमा यसले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ ।

    युनिलिभर नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सीङ सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए । 

    Nabil_unilever_3.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij