वेबटिभी खबर
काठमाडौं । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन् ।
शुक्रबार बिहान ट्वीट गर्दै उनले भनेका छन्, ‘उहाँको निधनको खबरले धेरै दुःख लागेको छ । अन्य देशको संस्कृति, मानवप्रतिको दया, सादगी र सम्मान जस्ता गुणहरूका लागि नेपाली जनताले रानीलाई मायापूर्वक सम्झन्छन्।’
एलिजाबेथको निधनले नेपालले देश र जनताको लागि एक महान् प्रशंसक गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
एलिजाबेथको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। बिहीवार दिउँसो उनको निधन भएको एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले पुष्टि गरेको छ ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४औं पछि दोस्रो स्थानमा पर्छिन् ।
It is with great sadness I have received the news of her passing away. Queen Elizabeth II distinguished herself with duty, honour and service.
— Sher Bahadur Deuba (@SherBDeuba) September 9, 2022
The Queen is fondly remembered in Nepal for her two important state visits in 1961 and 1986.
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij