Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन जाँदै

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन जाँदै

  • 505
    SHARES
  • प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन जाँदै

    काठमाडौं । नेपाली कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार चितवन जाने भएका छन् ।

    कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन् ।

    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने छन् ।

    आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आउन लागेका हुन् ।

    गत भदौ १० गते देखि सुरु भएको  ‘जनताको साथमा कांग्रेस’ अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ।

    त्यस्तै एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न चितवन आउन लागेका हुन् । बादलकी आमाको निधन भएको आज ६ दिन पुगेको छ ।

    भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित बादल निवासमा ओली र बादलबीच करिब एक घण्टा भेटघाट हुने एमाले नेतृ पार्वती रावलले जानकारी दिइन् ।

    ओलीको कुनै औपचारीक कार्यक्रम नरहेको उनले बताइन् । ओली ११ बजे भरतपुर विमानस्थलमा आइपुग्ने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij