Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बजार नपाएपछि खेतमै कुहिन थाले गोलभेँडा 

बजार नपाएपछि खेतमै कुहिन थाले गोलभेँडा 

  • 1.0K
    SHARES
  • बजार नपाएपछि खेतमै कुहिन थाले गोलभेँडा 

    काठमाडौं । जारी निषेधाज्ञाका कारण उत्पादन भएका गोलभेँडा बिक्री नहुँदा बारीमै कुहिन थालेका छन् । बाँकेमा निषेधाज्ञा लागु भएपछि बारीमा गोलभेँडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक नआउँदा किसानले लगाएको गोलभेँडा खेतमै कुहिन थालेको हो । 

    सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधनलाई निर्वाध चल्न दिए पनि निषेधाज्ञाका कारण बजारमा उपभोक्ता घटेपछि गोलभेँडाको खपत घटेको हो । उत्पादित तरकारी बजारसम्म लगेर बिक्री गर्न नपाउँदा किसानहरुको दैनिक गुजाराका लागि आवश्यक आम्दानी पनि रोकिएको छ ।

    कृषि उत्पादनका लागि बैंकबाट लिएको ऋणको व्याज पनि तिर्न नसक्ने अवस्था सिर्जना भएको बैजानाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुषालको गुनासो छ । उनले उत्पादन गरेको गोलभेँडा बिक्रि नहुँदा ११ लाख रुपैया बराबर खुद घाटा लागेको बताए ।

    गोलभेँडा बिक्रि गर्ने समयमा जिल्लामा निषेधाज्ञा जारी भएपछि आफ्नो सम्पुर्ण लगानी डुबेको किसान भुषालले बताए । किसान चन्द्रा चौधरीले माछा, बंगुर र तरकारी खेती समेत गर्दै आएका छन् । 

    उनी घर घरका मानिसहरु व्यवसायीक तरकारी खेतीमा लागेको भए पनि बजार व्यवस्थापन हुन नसक्दा समस्यामा परेको बताउँछन् । एकातिर कोरोना संक्रमणका कारण जनता त्रसित छन् भने अर्कातिर उत्पादित कृषि उपजले बजार पाउन नसक्दा उनीहरु दोहोरो मर्कामा परेका छन् ।

  • सम्बन्धित विषय:

  • # गोलभेडा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij