Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • 310
    SHARES
  • ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको नागढुङ्गामा शुक्रबार ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कञ्चनपुरको  पुनरवास नगरपालिका–२ का २८ वर्षीय सुगम तामाङ रहेका छन् ।

    दुर्घटनाबाट गम्भिर घाइते भएका तामाङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

    काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना ४ ख १०६२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ०११ प २८५८ नम्बरको मोटरसाइकल आज बिहान सवा ११ बजे ठोक्किएका थिए ।

    दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij