Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लुम्बिनी प्रादेशिक अस्पताल पहिलो

लुम्बिनी प्रादेशिक अस्पताल पहिलो

  • 475
    SHARES
  • लुम्बिनी प्रादेशिक अस्पताल पहिलो

    बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा नेपालमै पहिलो भएको छ । उक्त अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा दोस्रो पटक पहिलो हुन् सफल भएको हो ।

    स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्यांकन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्यांकनमा अस्पतालले ८० प्रतिशत अंक प्राप्त गरेको छ ।

    अघिल्लो वर्ष ७४ प्रतिशत अंक प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अंक प्राप्त गरेको हो । वर्षमा दुईपटक अनुगमन मूल्यांकन हुने गरेकोमा यसअघि भने कर्णालीको सुर्खेत अस्पताल पहिलो भएको थियो ।

    अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका फोकल पर्सन, डोटी अस्पताल, काठमाडौं र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको टोली सहभागी थियो ।

    लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाबाट उपचारका लागि बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

    अस्पतालको तथ्यांकअनुसार पछिल्लो एक वर्षको अवधिमा ३ लाख ४ हजार २५ जनाले उपचार गराएका छन् । आर्थिक वर्ष २०७८/७९ मा अस्पतालको बहिरंग रोग विभाग र आकस्मिकबाट सेवाग्राहीले सेवा लिएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij