Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जिल्ला अस्पताल लमजुङले जेष्ठ नागरिक र अपांगकाे निःशुल्क उपचार गर्ने

जिल्ला अस्पताल लमजुङले जेष्ठ नागरिक र अपांगकाे निःशुल्क उपचार गर्ने

  • 342
    SHARES
  • जिल्ला अस्पताल लमजुङले जेष्ठ नागरिक र अपांगकाे निःशुल्क उपचार गर्ने

    काठमाडौं । जिल्ला अस्पताल लमजुङले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको निशुल्क उचार गर्न निर्णय गरेको छ ।

    जिल्ला अस्पताल लमजुको नवनियुक्त व्यवस्थापन समितिको पहिलो बैठकले सेवा सुविधा बढाउनुका साथै कतिपय उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । अप्रेसन थिएटर सेवा सम्बन्धमा माइनर ड्रेसिङ सेवा, जेष्ठ नागरिक, अपांगता भएकाहरूलाई निःशुल्क उपचार गरिने निर्णय गरेको छ ।

    साथै जेष्ठ नागरिक र अपांगता भएकाहरूका लागि छुट्टै टिकट कक्ष स्थापना गर्ने निर्णयसमेत भएको छ । नवनियुक्त व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङ साथै सदस्यहरू मोहन बहादुर थापा र वसन्त बहादुर (वासुदेव) थापाले पदभार ग्रहण गरेका छन् ।

    आम सेवाग्राहीले हालसम्म टिकटमा तिर्दै आएको २५ रूपैयाँ घटाएर २० रूपैयाँ कायम गरिएको छ । इमर्जेन्सी टिकट १०० रुपैयाँ लिँदै आएकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गरिएको छ ।

    माइनर ड्रेसिङमा १०० रूपैयाँ लिइएकोमा त्यसलाई पूर्ण निःशुल्क गरिएको छ । मध्यम खालको ड्रेसिङ गर्दा लिइने १५० रुपैयाँ घटाएर १०० रूपैयाँ कायम गरिएको छ ।

    साथै जटिल (मेजर) ड्रेसिङ गर्दा लाग्ने २०० रुपैयाँ घटाएर १५० कायम गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij