वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचको तयारीमा जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
अध्यक्ष डा.भट्टराईले आइतबार सामाजिक सञ्जालमा भने,‘अब नयाँ प्रतिबद्धता र जोशकासाथ पार्टी पुनर्गठन र विस्तारसँगै आसन्न निर्वाचनको तयारीमा जुटौं ।’
अध्यक्ष डा.भट्टराईले यही भदौ २० देखि २५ गतेसम्म नेसपाका सबै प्रदेश र गैर–भौगोलिक प्रदेशमा भएका अभिमुखीकरण कार्यक्रमहरूले प्रदेश १ र २ बाहेक सबै प्रदेशमा तत्कालीन जसपाको मूल नेता, कार्यकर्ता र समर्थकको पंक्ति नेसपामा आबद्ध भएको पुष्टि गरेको बताए ।
उनले झेल गरेर राजनीतिक दलसम्बन्धी ऐनका प्रावधान (केस र संसदीय दलको ४०प्रतिशत)लाई शून्यतामा राखेर आफूहरूले निर्माण गरेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) को आधिकारिकता नदिइए पनि विचार र संगठनलाई रक्षा र पुनर्गठन गरेकोमा सबैलाई बधाई तथा धन्यवाद दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij