Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सद्वारा निःशुल्क स्वास्थ्यसेवा    

उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सद्वारा निःशुल्क स्वास्थ्यसेवा    

  • 765
    SHARES
  • उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सद्वारा निःशुल्क स्वास्थ्यसेवा    

    काठमाडौं । कोरोना संक्रमणबाट सिर्जित महामारीको समयमा निजी क्षेत्रका संगठनले सर्वसाधारणलाई सहयोग पुग्ने गरी अभियान सुरु गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले ‘कोभिड रिलिफ नेपाल ’अभियान र एम्बुलेन्स सेवा उपलब्ध गराउने भएका छन् । कोरोना संक्रमणबाट आक्रान्त सर्वसाधरणलाई सहयोग पुग्ने गरी यी दुई संस्थाले स्वास्थ्य सहायता अभियान सुरु गरेका हुन् ।

    कसरी लिने सेवा ? 

    ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियानअन्तर्गत पहिलो कार्यक्रमको रूपमा हेल्लो डाक्टरको शुभारम्भ गरेको छ । हेल्लो डाक्टरमार्फत सेवा लिनको लागि बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्याइएको छ । महासंघका अनुसार नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइनेछ ।

    देशैभरका सबै संक्रमितहरूले निःशुल्क लिन सक्ने यो सेवामा डाक्टरहरूले भिडियो कलमार्फत बिरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिनेछन् । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनुपर्नेछ ।   महासंघले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ अभियानअन्तर्गत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा रहेको जनाएको छ भने  चेम्बरले आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउने छ ।

    चेम्बरको निःशुल्क एम्बुलेन्स सेवा 

    चेम्बरले कोरोना संक्रमणका कारण गम्भीर बिरामीहरुलाई सेवा दिनका लागि क्षेत्रपाटी निः शुल्क चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । हाललाई काठमाडौं उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्नेछन्।

    चेम्बरले  एम्बुलेन्स सेवा प्रयोगका लागि चेम्बरको ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोबाइल नम्बर ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने जनाएको छ । कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाहरूले हेल्लो डाक्टरमार्फत सहयोग लिन सक्नेछन् । हेल्लो डाक्टर, भाइबरमार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij