वेबटिभी खबर
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ३० अंकले उकालो लागेर १ हजार ९ सय ३४ दशमलव शून्य चार अंकमा पुगेका हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८३ अंककले उकालो लागेर ३ सय ७६ दशमलव १७ मा पुगेको छ । यसदिन कूल दुई सय ३१ कम्पनीको ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता शेयर ९२ करोड २५ लाख ७४ हजार ४ सय १० मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार मंगलबार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको हो । बैंकिङ १०.९१, व्यापार २७.५९, होटल तथा पर्यटन २९.९२, विकास बैंक ६०.०३, जलविद्युत् २०.७८, वित्त ३४.११, निर्जीवन बीमा ५८.७७, उत्पादन ९०.६५, अन्य १५.८२, लघुवित्त ५३.५८, जीवन बीमा ९६.२२, सामूहिक लगानी कोष ०.११ र लगानी ०.९५ अंकले उकालो लागेको छ ।
आज कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ७४ अर्ब १७ करोड ५१ लाख २५ हजार ९ सय ५३ बराबर भएको छ । कारोबारका आधारमा नबील बैंक शीर्ष स्थानमा छ । सो बैंकको ५ करोड ९४ लाख ८९ हजार दुई सय ४५ बराबरको कारोबार भयो ।
यस्तै रिडी हाइड्रो पावर ५ करोड ६३ लाख १० हजार छ सय ७३, हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ करोड ८४ लाख २७ हजार एक सय ८५, अरुण काबेली पावर ३ करोड ७३ लाख नौ हजार दुई सय ३० र अपि पावर कम्पनी २ करोड १७ लाख १२ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी ७.७६, सानिमा लार्ज क्याप फण्ड ६.६७, युनिभर्सल पावर कम्पनी ४.६७ र रिभर फल्स पावरका लगानीकर्ताले ४.२४ प्रतिशतले कमाएका हुन् ।
नेपाल बैंकको ऋणपत्र ९.५९, सामुदायिक लघुवित्त २.१०, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो १.६९, युनाइटेड इदी मर्दी हाइड्रोपावर १.६२ र नवील ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले १.४० प्रतिशतले गुमाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij