वेबटिभी खबर
काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाई प्रक्रिया अघिबढाउने निर्णय गरेको छ ।
समितिकै कार्यकाल सकिन लागेको परिस्थितिमा सुनुवाई कसरी अघिलैजाने भन्ने सन्दर्भमा सदस्यबीच लामो छलफल र बहसपछि समितिले सुनुवाई प्रक्रिया अघिबढाउने निर्णय गरेको हो ।
न्यायपरिषद्ले यही भदौ २१ गते सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, पाटन उच्च अदालतका न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता डा.दिननाथ पराजुली इलामको नाम मनोनीत गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।
समितिले उनीबारे सर्वसाधारणलाई जानकारी दिई १० दिने सूचना प्रकाशित गरि कुनै गुनासो र उजुरी भए माग गर्ने निर्णय गरेको छ । यसअघि बैठकमा सदस्यले संसदीय सुनुवाको अभ्यास र समितिको कार्यकालकै बारे विभिन्न कोणबाट भनाइ प्रस्तुत गरेका थिए ।
बैठकमा सभापति लक्ष्मणलाल कर्णले समितिले हालसम्म सर्वसम्मत रूपमा गरेका निर्णय सुनाउँदै उठेका प्रश्नको निरूपण गर्न गरेको आग्रहमा सदस्यबीच १० दिनको सूचना प्रकाशित गरि अघिबढ्ने निर्णय बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij