Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

च्याम्पियन्स लिग : लिभरपुलको पहिलो जित 

च्याम्पियन्स लिग : लिभरपुलको पहिलो जित 

  • 397
    SHARES
  • च्याम्पियन्स लिग : लिभरपुलको पहिलो जित 

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले पहिलो जित निकाल्ने क्रममा आयक्सलाई २-१ अन्तरले पराजित गरेको छ ।

    समूह 'ए' को खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले आयाक्सलाई २-१ ले हरायो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे । आयाक्सला मोहमद कुडुसले एक गोल गरे । 

    खेलको १७औं मिनेटमा सलाहले लिभरपुललाई अग्रता दिलाए । २७औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै आयाक्सलाई १-१ गोलको बराबरीमा ल्याए । ८९औं मिनेटमा माटिपले गोल गर्दा लिभरपुल २-१ ले विजयी भयो । 

    जितसँगै लिभरपुलले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा  छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij